चार जना कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज – बाँकेमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक चारै जना बाहिरी जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले रातभरीमा बर्दिया, सल्यान र दाङका चार जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का ४२ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १२ गते पीसीआर गरिएका उनलाई १३ गते भर्ना गरिएको थियो । उनको राती ११ बजे मृत्यु भएको छ ।
बर्दिया बाँसगढी नगरपालिका वडा नं. ३ का ४२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राती ३.३० बजे मृत्यु भएको छ ।
सल्यान बागचौर नगरपालिका वडा नं. ८ का ६१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ १० गते पीसीआर गरिएका उनलाई १३ गते भर्ना गरिएको थियो । उनको विहान ५.३० बजे मृत्यु भएको छ ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ५ का ५८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ ३ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको विहान ६.४५ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोना उपचार गराउन आएका बाहिरी जिल्लाका २ सय ७९ जनाको मृत्यु भएको छ । कोरोनाबाट २ सय ८८ जना बाँके निवासीको मृत्यु भइसकेको छ ।