अब बृद्धभत्ता चार हजार

नेपालगञ्ज – सरकारले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पु¥याएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै आगामी आर्थिक बर्षदेखि मासिक भत्ता ४ हजार पु¥याइएको जानकारी दिनु भएको हो ।
उहाँले सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेको बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब रुपैयाँ छुट्याइएको छ ।
तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीको पालाबाट मासिक सय रुपैयाबाट शुरु गरिएको बृद्धभत्ता चार हजार पुगेको हो ।


error: यो सुविधा उपलब्ध छैन !