बर्दियाका तीन, बाँकेका दुईसहित सातको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा तीन जना बर्दिया, दुई जना बाँके, रोल्पा र कैलालीका एक-एक जना रहेका छन् ।
बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो । कोहलपुर नगरपालिका वडा नं. १५ का ६७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख ३१ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
बर्दिया मधुवन नगरपालिका वडा नं. ९ का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो । बर्दिया बढैयाताल गाउँपालिका वडा नं. १ का ५० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २७ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो । बर्दिया बढैयाताल गाउँपालिका वडा नं. २ का ८७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २८ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
कैलाली गौरीगंगा गाउँपालिका वडा नं. ४ का ५२ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बैशाख १६ गते कैलालीमा पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो । रोल्पा रुम्टीगढीका ३५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते दाङमा पीसीआर गरिएका उनलाई २९ गते भेरीमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट दुई सय ३४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा एक सय ८३ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !