संक्रमितलाई परामर्श दिन वडा–वडामा डाक्टर परिचालन

नेपालगञ्ज – नेपाल चिकित्सक संघ, नेपालगञ्जले होम आइसोलेसनमा बसेका संक्रमितलाई परामर्श दिन चिकित्सक परिचालन गरेको छ ।
संघका अध्यक्ष डा. विनोद कर्णले नेपालगञ्जका २३ वटै वडामा परामर्शका लागि चिकित्सक तोकिएको बताउनुभयो ।
संघले वडा नं. १ मा डा. विजयप्रसाद प्रधान, २ नम्बरमा डा. आशिम किदवाई, ३ नम्बरमा डा. अल्तवान राही, ४ नम्बरमा मधु अर्याल, ५ नम्बरमा शंकर केसी, ६ नम्बर डा. विष्णु थापा, ७ नम्बरमा अच्युत ज्ञवाली÷सुभाष योगी, ८ नम्बरमा डा. विनोद कर्ण, ९ नम्बरमा डा. निर्मल शाक्य, १० नम्बरमा डा. विपिन आचार्य, ११ नम्बरमा डा. पियुस कनोडिया, १२ नम्बरमा डा. संकेत रिसाल, १३ नम्बरमा डा. शिवम खेतान, १४ नम्बरमा डा. राजेशकुमार मण्डल, १५ नम्बरमा डा. विनोद डंगोल, १६ नम्बरमा रजनी केसी शाह, १७ नम्बरमा डा. पारस श्रेष्ठ, १८ नम्बरमा डा. राजन पाण्डे, १९ नम्बरमा डा. कुलदीप गोइत, २० नम्बरमा डा. अनुप रनोत्रा, २१ नम्बरमा डा. रोमा बोरा, २२ नम्बरमा डा. सकिल अहमद, २३ नम्बरमा डा. खगेन्द्रजंग शाहलाई खटाएको छ ।
संघले वडामा खटाइएका चिकित्सकलाई फोनबाट नै परामर्श लिन सक्ने जनाएको छ । त्यस अनुसार नै सबै चिकित्सकको मोबाइल नम्बर उपलब्ध गराइएको छ ।
बाँकेमा ठूलो संख्या होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा बसेकाहरु अन्तिम अवस्थामा अस्पताल आउदा जोखिम बढेको छ । कतिपयको होम आइसोलेसनमै मृत्यु भएको छ । कतिपय चाहि कोरोना पुष्टि हुने बित्तिकै अस्पताल आउदा गम्भीर विरामीको बेड ओगेट्ने काम भएको छ । लक्षण चिन्ह नदेखिएकालाई होम आइसोलेसनमै बस्न र चिकित्सकसँग परामर्श लिन यसअघि नै केही वडाले त्यस्तो व्यवस्था मिलाइसकेका छन् । अहिले संघले खटाएको चिकित्सकलाई नै लिएर केही वडाध्यक्षहरु होम आइसोलेसनमा रहेका संक्रमितको घरघरमा पुगिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !