नौ जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका वडा नं. २ का ३७ वर्षीया महिला, कोहलपुर नगरपालिका वडा नं. ४ का ४२ वर्षीय पुरुष, बर्दिया ठाकुरबाबाका ४६ वर्षीय पुरुष, बर्दिया ठाकुरबाबाका ३४ वर्षीया महिला, कोहलपुर नगरपालिका वडा नं. ९ का ६१ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ का ३९ वर्षीय पुरुष, सल्यान कुपिन्डेका ६० वर्षीया महिला, बर्दिया गुलरियाका ६० वर्षीय पुरुष, बर्दिया मधुवनका ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।
बाँकेका दुई ठूला अस्पताल भेरी र कोहलपुर मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुने २ सय २९ पुगेका छन् भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा १ सय ७६ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !