बाँके, बर्दिया, दाङका ९ जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके, बर्दिया र दाङका नौ जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ४३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख १५ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो । बर्दिया राजापुर नगरपालिका वडा नं. ६ का ५६ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख १८ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो ।
बर्दिया गुलरिया नगरपालिका वडा नं. ८ का ३२ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो ।
बैजनाथ गाउँपालिका वडा नं. ६ का ६४ वषीृय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं. ५ का ३५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २७ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो ।
डुडुवा गाउँपालिका वडा नं. ३ का ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २८ गते भर्ना गरिएका उनको २९ गते पीसीआर गरिएको थियो । नरैनापुर गाउँपालिका वडा नं. ५ का ४२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २८ गते भर्ना गरिएका उनको २९ गते पीसीआर गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का ७५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २८ गते भर्ना गरिएका उनको २९ गते पीसीआर गरिएको थियो ।
योसँगै बाँकेबाट मृत्यु हुनेको संख्या २ सय १३ जना पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा एक सय ६३ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !