थप तीन जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. ११ का २४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १५ गते पीसीआर गरेका उनलाई १७ गते भर्ना गरिएको थियो । उनको आज विहान १०.४० बजे मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. २ का ७७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २४ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको विहान ११.१० बजे मृत्यु भएको छ ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. १ का ९२ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई २६ गते भर्ना गरिएको थियो । आज विहान ११.३० बजे उनको मृत्यु भयो ।
बाँकेमा अहिलेसम्म कोरोनाबाट एक सय ८२ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा एक सय ३७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !