वडा सदस्यसहित चार जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा वडा सदस्यसहित थप चार जनाको कोरोनाबाट मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का वडा सदस्य ५० वर्षका तारा कसेराको भेरी अस्पतालमा मृत्यु भएको हो ।
बैशाख २० गते पीसीआर गरेका वडा सदस्य कसेरालाई त्यही दिन भर्ना गरिएको थियो । उनको आज दिउँसो २ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ६५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको विहान ११.४५ बजे मृत्यु भएको छ ।
खजुरा गाउँपालिका वडा नं. ५ का ७० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २० गते मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई २३ गते भेरीमा भर्ना गरिएको थियो । उनको दिउँसो २.४० बजे मृत्यु भएको छ ।
डुडुवा गाउँपालिका वडा नं. ५ का ४२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको आज दिउँसो ३.२० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ८६ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !