रातभरीमा ५ जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा रातभरीमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ का ७३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख २१ गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राती ८ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का ५३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख १५ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर जाँच गरेकी महिलालाई १६ गते भेरीमा भर्ना गरिएको थियो । उनको राती २.३० बजे मृत्यु भएको छ ।
कैलाली लम्की चुहाका ४३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २० गते भर्ना गरिएका उनको २३ गते पीसीआर गरिएको थियो । उनको राती १ बजे मृत्यु भएको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ४१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १२ गते दाङमै पीसीआर गरिएका उनलाई २२ गते कोहलपुरमा भर्ना गरिएको थियो । उनको राती २ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का ४३ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ । बैशाख १८ गते पीसीआर गरिएका उनलाई २१ गते भर्ना गरिएको थियो । उनको विहान ५.५५ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुने एक सय ८० पुगेका छन् । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा एक सय ३६ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !