थपिने र डिस्चार्ज हुने बराबरीजस्तै

नेपालगञ्ज – बाँकेमा शनिबार ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका जत्तिनै डिस्चार्ज भएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा ६ सय २९ जनाको पीसीआर जाँच गर्दा ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालमा ३ सय ५ जनाको जाँच गर्दा २ सय २२, मेडिकल कलेज, कोहलपुरमा ७३ जनाको जाँच गर्दा ५९ जना र बागेश्वरी ल्याबमा २ सय ५१ जनाको जाँच गर्दा एक सय ६४ जनामा कोरोना देखिएको छ ।
४ सय ४५ जनामध्ये ३ सय २३ जना बाँकेवासी हुन् ।
बाँकेमा शनिबार ४ सय ९ जनाले कोरोनालाई जितेका छन् । एक सय ७८ महिला र २ सय ३१ जना पुरुषले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !