वडा नं. १ को उत्कृष्ट कार्य, घर–घरमै डाक्टर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ मा होम आइसोलेसनमा बसेका संक्रमितलाई घरमै पुगेर डाक्टरले सेवा दिन थालेका छन् ।
वडा नं. १ का अध्यक्ष एवं नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले आफ्ना वडामा रहेका संक्रमितलाई घरमै पुगेर उपचार गर्ने र आवश्यक काउन्सिलिङ दिन शुरु गरेका हुन् । शनिबार विहान डा. पारस श्रेष्ठ, स्टाफनर्स सुमन गिरीलगायतको टोली वडा नं. १ को घरघरमा पुगेर विरामीको उपचार गरेका छन् ।
पहिलो दिन डाक्टरको टीमले १२ घरमा पुगेर सेवा दिएका थिए । वडाध्यक्ष रिजालले संक्रमितलाई अक्सिमिटर, थर्ममिटर, औषधी दिइएको बताउनुभयो । घरमा पुगेका स्वास्थ्यकर्मीले विरामीको अक्सिजन नापेका थिए । अध्यक्ष रिजालले दिनमा दुई पटक स्वास्थ्यकर्मीको टोली घरघरमा पु¥याउने रणनीति बनाइएको जानकारी दिनुभयो । विरामीलाई अप्ठेरो भएर फोन आएमा जतिबेला पनि डाक्टर घरमा पुग्न सक्ने वडाध्यक्ष रिजालले बताउनुभयो ।
वडा नं. १ मा डेढ सय संक्रमित छन् । नेपालगञ्जमा वडा नं. १ ले पहिलो पटक यस्तो सेवा शुरु गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !