थप तीन जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा शनिबार थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरेका उनलाई १९ गते भर्ना गरिएको थियो । उनको विहान नौ बजे मृत्यु भएको छ ।
जानकी गाउँपालिका वडा नं. ३ का ५५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २० गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो । उनको १०.३० बजे मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का ७४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १८ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको आज १०.३० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ७७ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !