पाँच जना संक्रमितको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले रातभरीमा पाँच जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा चार जना नेपालगञ्ज र बर्दियाका एकजना रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ का ३८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख १४ गते भारतको लखिमपुरमा पीसीआर गरिएका उनलाई १६ गते भेरीमा भर्ना गरिएको थियो । उनको आज विहान ६.४५ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ३८ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १२ गते बागेश्वरी ल्याबमा पीसीआर गरिएका उनलाई १३ गते भर्ना गरिएको थियो । उनको विहान ४.३० बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ६४ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २० गते पीसीआर गरिएका उनलाई २१ गते भर्ना गरिएको थियो । उनको राती ८ बजे मृत्यु भएको छ ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ७ का ५२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २३ गते पीसीआर गरिएका उनलाई २३ गते नै भर्ना गरिएको थियो । उनको राती ७ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का ६७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २४ गते बागेश्वरी ल्याबमा पीसीआर गरिएका उनलाई त्यही दिन नै भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट एक सय ७४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा एक सय ३१ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !