७ सय ३१ थपिए, एक सय ९ जना घर गए

नेपालगञ्ज – बाँकेमा शुक्रबार ७ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा प्रयोगशालामा एक हजार १८ जनाको पीसीआर जाँच गर्दा ७ सय ३१ जनामा कोरोना देखिएको हो ।
भेरी अस्पताल, नेपालगञ्जमा ४ सय ८० जनाको जाँच गर्दा ३ सय ४३ जना, कोहलपुर मेडिकल कलेजमा २ सय २ जनाको जाँच्दा १ सय ५८ जना र बागेश्वरी ल्याबमा ३ सय ३६ जनाको जाँच गर्दा २ सय ३० जनामा कोरोना पुष्टि भएको छ ।
७ सय ३१ जनामध्ये बाँकेका ५ सय ४ जना रहेका छन् । बाँकेमा अस्पतालमा ५ सय ९७ र होम आइसोलेसनमा तीन हजार नौ सय ३५ जना रहेका छन् । भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । शुक्रबार बाँकेमा एक सय ९ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !