रातभरीमा ८ जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा रातभरीमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, नेपालगञ्जका ६ जना, बर्दिया र कैलालीका एक-एक जनाको मृत्यु भएको छ ।
बर्दिया बारबर्दियाका ४७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २१ गते पीसीआर गरेका उनलाई २३ गते भर्ना गरिएको थियो । उनको राती ९ बजे मृत्यु भएको छ । कैलाली टीकापुरका ४८ वर्षीया महिलाको राती ११.३० बजे भेरीमा मृत्यु भएको छ । बैशाख १ गते पीसीआर गरिएका उनलाई २ गते भर्ना गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का ३४ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २१ गते शिक्षण अस्पताल, कोहलपुरमा पीसीआर गरिएका उनलाई २३ गते भेरीमा भर्ना गरिएको थियो । उनको राती १.३० बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का ५६ वर्षीया महिलाको राती २ बजे मृत्यु भएको छ । बैशाख २० गते बागेश्वरी ल्याबमा पीसीआर गरिएका उनलाई २१ गते भेरीमा भर्ना गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुषको भेरीमा राती ३ बजे मृत्यु भएको छ । बैशाख १६ गते पीसीआर गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का ६० वर्षीया महिलाको राती ३.३० बजे भेरीमा मृत्यु भएको छ । बैशाख ११ गते पीसीआर गरिएका उनलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ५४ वर्षीया महिलाको विहान ६ बजे मृत्यु भएको छ । बैशाख ११ गते पीसीआर गरिएका उनलाई २१ गते भर्ना गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का ५४ वर्षीय पुरुषको शिक्षण अस्पताल, नेपालगञ्जमा विहान ६.५० बजे मृत्यु भएको छ । बैशाख १९ गते पीसीआर गरिएका उनलाई २० गते भर्ना गरिएको थियो ।
बाँकेमा योसँगै एक सय ६९ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा एक सय ३० जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !