थप चार जनाको मृत्यु

नेपालगञ्ज – कोरोनाबाट बाँकेमा थप चार जनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. १ का ७३ वर्षीया महिलाको काठमाडौंबाट घर ल्याउने क्रममा बाटोमा मृत्यु भएको छ ।
बैशाख २३ गते कोहलपुरमा पीसीआर गरिएका महिलालाई घर ल्याउने क्रममा विहान ५ बजे बाटोमा मृत्यु भएको हो ।
दाङ शान्तिनगरका ७५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १६ गते पीसीआर गरिएका महिलालाई २२ गते कोहलपुरमा भर्ना गरिएको थियो । उनको विहान ९.१५ बजे मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका वडा नं. ८ का ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख ८ गते पीसीआर गरेका उनलाई १७ गते भर्ना गरिएको थियो । उनको विहान १०.३० बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं.८ का ५५ वर्षीयाको भेरीमा मृत्यु भएको छ । बैशाख २१ गते पीसीआर गरिएकी महिलालाई २२ गते भर्ना गरिएको थियो । उनको दिउँसो १२ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट एक सय ६० जनाको मृत्यु भएको छ । बाहिरबाट बाँकेमा उपचार गराउन आउदा एक सय २८ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !