२ सय ७३ थपिए, ५ सय ८ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेका दुई वटा प्रयोगशालामा २ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।
कोहलपुर मेडिकल कलेजमा एक सय ९ जनाको परीक्षण गर्दा ८६ जनामा कोरोना पुष्टि भएको छ । बागेश्वरी ल्याबमा २ सय ८३ जनाको परीक्षण गर्दा एक सय ८७ जनालाई कोरोना देखिएको छ । सबैभन्दा धेरै जनाको स्वाव परीक्षण हुने गरेको भेरी अस्पतालको आजको रिपोर्ट बाहिर आइसकेको छैन । भारतबाट आउदा नाकामा हुने एन्टिजिन जाँचको रिपोर्ट बाहिर ल्याइएको छैन । यी दुवै ठाउँको रिपोर्ट राती अबेरसम्ममा आउने बताइएको छ ।
बाँकेका अस्पतालमा ५ सय ७६ जना र होम आइसोलेसनमा तीन हजार ५ सय ५९ जना विरामी रहेका छन् । भेन्टिलेटरमा दश जना विरामी छन् ।
यसैबीच, बाँकेमा बिहीबार ५ सय ८ जनाले कोरोनालाई जितेका छन् । दुई सय ४१ महिला र २ सय ६७ जना पुरुषले कोरोनालाई जितेका हुन् । कोरोना जितेकाहरु डिस्चार्ज भएर घर गएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !