दश जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार, हिजो साँझ सवा ६ बजेदेखि आज विहान ७ बजेसम्ममा दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ जना बाँके र एकजना जाजरकोट जिल्लाका रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का ४५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरेर त्यही दिन भर्ना भएका उनको हिजो ६.१५ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ७८ वर्षीया महिलाको राती ७.३० बजे मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ५८ वर्षीय पुरुषको राती १० बजे मृत्यु भएको छ । बैशाख २० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का २७ वर्षीय पुरुषको राती १०.२० बजे मृत्यु भएको छ । बैशाख १९ गते भर्ना गरिएका उनको २० गते पीसीआर गरिएको थियो । भेरी नगरपालिका जाजरकोटका ४३ वर्षीया महिलाको राती ९ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख १९ गते पीसीआर गरिएका उनलाई २२ गते भर्ना गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ५५ वर्षीय पुरुषको राती १२.३० बजे मृत्यु भएको छ । बैशाख १८ गते पीसीआर गरिएका उनलाई १९ गते भेरीमा भर्ना गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ७८ वर्षीय पुरुषको १.४० बजे मृत्यु भएको छ । बैशाख २० गते पीसीआर गरिएका उनलाई २२ गते भर्ना गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ का ७७ वर्षीय पुरुषको विहानपख ४.३० बजे मृत्यु भएको छ । बैशाख १८ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो । कोहलपुर नगरपालिका वडा नं. ५ का ३४ वर्षीय पुरुषको ९.४० बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १३ गते पीसीआर गरिएका उनलाई १४ गते भर्ना गरिएको थियो ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नं. १ का ५६ वर्षीय पुरुषको भेरी अस्पतालमा विहान ७ बजे मृत्यु भएको छ । बैशाख २० गते प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणमा एन्टिजेट परीक्षण गरिएका उनलाई २१ गते भेरीमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ५७ जना पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा एक सय २७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !