६ सय ४ थपिए, ३ सय ४२ घर गए

नेपालगञ्ज – बाँकेमा मंगलबार ६ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्ज र मेडिकल कलेज, कोहलपुरमा गरिएको ९ सय २४ जनाको परीक्षणमा ६ सय ४ जनालाई कोरोना पुष्टि भएको हो ।
भेरीमा ६ सय २५ जनामा ३ सय ९४ र मेडिकल कलेज, कोहलपुरमा २ सय ९९ मा २ सय १० जनामा कोरोना देखिएको छ । जिल्लामा चार ठाउँमा कोरोना परीक्षण हुने गर्दछ । बागेश्वरी ल्याब र जमुनाहाको परीक्षणको रिपोर्ट आइसकेको छैन ।
यसैबीच, मंगलबार जिल्लामा ३ सय ४२ जना डिस्चार्ज भएका छन् । एक सय ८२ पुरुष र एक सय ६० जना महिलाले कोरोनालाई जितेको फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए । लक्षण चिन्ह नदेखिएका संक्रमितलाई दशौं दिनपछि डिस्चार्ज गर्ने गरिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !