नेपालगञ्ज र डुडुवाका संक्रमितको मृत्यु
नेपालगञ्ज – बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा एक-एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ६० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १० गते पीसीआर जाँच गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राती ११.४५ बजे मृत्यु भएको छ ।
डुडुवा गाउँपालिका वडा नं. ५ का २७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १५ गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको विहानपख ४.४० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ४५ पुगेको छ ।