अस्पताल ल्याउदा ल्याउदै मृत्यु

नेपालगञ्ज – बाँकेमा ६९ वर्षीय पुरुषको होम आइसोलेसनबाट अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको छ ।
खजुरा गाउँपालिका वडा नं. २ का उनलाई बैशाख १९ गते बागेश्वरी ल्याबबाट कोरोना पुष्टि भएको थियो । त्यसलाई उनलाई होम आइसोलेसनमा राखिएको थियो । गएराती ११.३० बजे उनको घरबाट अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
बैशाख १७ गते अस्पतालमा भर्ना गरिएका उनको १८ गते पीसीआर जाँच गरिएको थियो । उनको मंगलबार विहान ९ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ४३ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !