कोहलपुर मेडिकल कलेजमा चार जनाको मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुर मेडिकल कलेजमा रातभरीमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना बाँके र दुई जना कैलाली जिल्लाका छन् ।
बैशाख १४ गते पीसीआर गरिएका कैलाली बर्दगोरियाका ८० वर्षीय पुरुषलाई १५ गते भर्ना गरिएको थियो । उनको गएराती ११.५० बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ७० वर्षीय पुरुषको ११.४० बजे मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो ।
कैलाली धनगढीका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १९ गते पीसीआर गरिएका उनलाई २० गते भर्ना गरिएको थियो । उनको विहान ४.३० बजे मृत्यु भएको छ ।
बाँके बैजनाथ गाउँपालिका वडा नं. ५ का ६२ वर्षीया महिलाको विहान ६.३० बजे मृत्यु भएको छ । बैशाख १९ गते पीसीआर गरिएका उनलाई २० गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट एक सय ४१ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या एक सय २५ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !