बाँकेमा रातभरीमा ५ जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा रातभरीमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ का ५१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख ६ गते पीसीआर गरेका उनलाई ७ गते भर्ना गरिएको थियो । उनको गएराती ३.३० बजे मृत्यु भएको छ ।
भेरी अस्पतालमै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १५ गते भर्ना भएका उनको १६ गते पीसीआर गरिएको थियो । उनको विहानपख ४ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का ४८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख ८ गते भेरीमा पीसीआर गरिएका उनलाई १४ गते कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको राती ९.३० बजे मृत्यु भएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ८ का ६० वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बैशाख १९ गते पीसीआर गरिएको उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राती १.२० बजे मृत्यु भएको छ ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ८ का ४७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो । उनको विहान ६.३० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट एक सय ३३ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा एक सय २२ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !