बाँकेमा निषेधाज्ञा बढाइयो

नेपालगञ्ज – बाँकेमा निषेधाज्ञा बढाइएको छ ।
बैशाख १३ गते रातीदेखि २० गते राती १२ बजेसम्मलाई जारी गरिएको निषेधाज्ञालाई बढाएर २७ गते राती १२ बजेसम्म पु¥याइएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले आज सूचना जारी गरेर सोबारेमा जानकारी दिएको छ । संक्रमण फैलावटको साङ्लो तोड्न (चेन ब्रेक) गर्न १३ गते रातीदेखि निषेधाज्ञा गरिएकोमा संक्रमण दरमा अझै कमी नआएकाले निषेधाज्ञा बढाइएको जनाइएको छ ।
स्थानीय प्रशासनले शुरुमा नेपालगञ्ज उपमहानगरपालिकाभित्रमात्रै बैशाख ९ गतेदेखि १५ गते रातीसम्मका लागि निषेधाज्ञा लगाएको थियो । संक्रमण बढेपछि १३ गते रातीदेखि जिल्लाभरी बनाइएको थियो ।
बैशाखको शुरुवातदेखि नै बाँकेमा संक्रमण धेरै बढेको छ । अहिलेसम्म बाँकेमा मात्रै १ सय ३७ जनाको मृत्यु भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !