थप तीन जना संक्रमितको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कोहलपुर नगरपालिकाले आयुर्वेद अस्पताल बनाएको कोभिड अस्पतालमा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १० गते पीसीआर गरेका उनी १४ गतेदेखि त्यहाँ थिए । उनको आज १० बजे मृत्यु भएको छ ।
भेरी अस्पतालमा सल्यान जिल्ला वनगाड कुपिन्डेका ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख ८ गते पीसीआर गरेका उन १० गते भर्ना भएका थिए । उनको दिउँसो तीन बजे मृत्यु भएको छ ।
भेरीमै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ४४ वर्षीया महिलाको मृत्यु भएको छ । बैशाख १४ गते पीसीआर गरेको उनलाई १७ गते भर्ना गरिएको थियो । उनको आज ४ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज र कोहलपुरका अस्पतालमा आइतबार दिनभरीमा सात जनाको मृत्यु भइसकेको छ । बाँकेमा अहिलेसम्म कोरानाबाट एक सय २८ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउदा एक सय २१ को मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !