होम आइसोलेसनमा रहेका व्यक्तिको मृत्यु
नेपालगञ्ज – होम आइसोलेसनमा रहेका व्यक्तिको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. २ का ६९ वर्षीया महिलाको आज होम आइसोलेसनबाट अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
बैशाख १५ गते मेडिकल कलेजमा पीसीआर गरिएको थियो । त्यही दिनदेखि नै होम आइसोलेसनमा राखिएको थियो । होम आइसोलेसनमा रहदा गम्भीर समस्या आएपछि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको छ ।
बाँके बैजनाथ गाउँपालिका वडा नं. ७ का ५८ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा बैशाख १५ गते भर्ना भएकी महिलाको १६ गते पीसीआर गरिएको थियो । उनको विहान ९.५० बजे मृत्यु भएको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नं. ४का २३ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरेकी महिलालाई १८ गते भर्ना गरिएको थियो । उनको विहान ११.३० बजे मृत्यु भएको छ ।
सल्यान जिल्ला बागचौर नगरपालिका वडा नं. १२ का ५२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १३ गते पीसीआर गरेका उनलाई १४ गते भर्ना गरिएको थियो । उनको विहान ११.५५ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट एक सय २६ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा एक सय २० जनाको मृत्यु भएको छ ।