गाउँपालिकाको आइसोलेसनमा संक्रमितको मृत्यु

नेपालगञ्ज – खजुराको आइसोलेसन सेन्टरमा एकजना संक्रमितको मृत्यु भएको छ ।
खजुरा गाउँपालिकाले जनक शिक्षा सामाग्री केन्द्रमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा खजुरा गाउँपालिका वडा नं. ३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बैशाख १६ गते एन्टीजिन जाँच गरेपछि १७ गते उनलाई जनक शिक्षामा रहेको आइसोलेसन सेन्टरमा भर्ना गरिएको थियो । उनको त्यही शनिबार ६.१५ बजे मृत्यु भएको छ ।
यसैगरी, बाँकेमा अरु तीन जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । बर्दिया राजापुर नगरपालिका वडा नं. २ का २७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरेका उनलाई १८ गते भर्ना गरिएको थियो । उनको १८ गते नै साँझ ५.३० बजे मृत्यु भएको थियो ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. २ का ४० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १४ गते भर्ना भएका उनको १७ गते पीसीआर गरिएको थियो । हिजो ६ बजे मृत्यु भयो ।
कोहलपुर नगरपालिका वडा नं. ११ का ४० वर्षीय महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख १६ गते पीसीआर जाँच गरेका उनलाई १७ गते भर्ना गरिएको थियो । उनको हिजो राती ८ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट एक सय २३ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा एक सय १९ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !