भेरीमा जुम्लाबाट डक्टरसहित २२ जना आउँदै

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा स्वास्थ्यकमीको चरम अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट २२ जना आउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानबाट डाक्टरसहित २२ जना स्वास्थ्यकर्मी भेरीमा पठाउन थालेको हो ।
स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य निरीक्षक मानबहादुर नेपालीले चार जना डाक्टरसहित २२ जना स्वास्थ्यकर्मीलाई जुम्लाबाट भेरीमा खटाइएको जानकारी दिनुभयो । उहाँका अनुसार, स्वास्थ्यकर्मीहरु एक÷दुई दिनमै आइपुग्ने छन् ।
भेरी अस्पतालका धेरै जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि जनशक्तिको चरम अभाव भएको छ । अस्पतालले आफै पनि डाक्टरसहित ६० जना करारमा नियुक्ति गर्दैछ । रिक्त रहेको २३ जनाको दरबन्दी पूर्ति गर्न दरखास्त आव्हान गरिसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !