नेपालगञ्जमा थप तीनको मृत्यु
नेपालगञ्ज – नेपालगञ्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुषको विहान १०.३० बजे मृत्यु भएको हो । बैशाख १५ गते भेरीमा भर्ना भएका उनको १६ गते पीसीआर गरिएको थियो ।
भेरीमै दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं.६ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १३ गते भर्ना भएका उनको १४ गते पीसीआर गरिएको थियो । शनिबार तीन बजे उनको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा नेपालगञ्ज उपहानगरपालिका वडा नं. ४ का ५८ वर्षीया महिलाको मृत्यु भएको छ । बैशाख १५ गते भर्ना भएकी उनको १६ गते पीसीआर गरिएको थियो । उनको विहान ९.१५ बजे मृत्यु भयो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय २० पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा मृत्यु हुने एक सय १८ पुगेका छन् ।