भेरीमा २ सय ५३ जना संक्रमित थपिए

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा शनिबार दुई सय ५३ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
अस्पतालले बिहीबार संकलन गरेको ३ सय २८ वटा नमूना परीक्षणमा २ सय ५३ पोजिटिभ आएको हो ।
२ सय ५३ मध्ये बाँकेका दुई सय चार जना छन् । त्यसमा पनि नेपालगञ्ज उपमहानगरपालिकाका एक सय ४८ जना रहेका छन् । अस्पतालका अनुसार, संक्रमित हुनेमा दुई वर्षदेखि ८२ वर्षसम्मका छन् । २० देखि २९ वर्ष उमेर समूह बढी प्रभावित रहेका छन् ।
जिल्लामा अरु तीन ठाउँमा पनि कोरोना जाँच हुन्छ । मेडिकल कलेज, कोहलपुर, बागेश्वरी ल्याब र जमुनाहा नाकाको रिपोर्ट आइसकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !