कोरोना संक्रमितले गरे, आत्महत्या

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।
कोहलपुर नगरपालिका वडा नं. ९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जानकारी दिएको छ । खत्रीलाई बैशाख ३ गते कोरोना पोजिटिभ भएको थियो ।
खत्रीको अवस्थामा सामान्य थियो । अवस्था सामान्य भएकाले उनी होम आइसोलेसनमा बसेका थिए । कोरोना संक्रमित भएकाले घरकै एउटा कोठामा बसेका खत्रीले शनिबार राती पौने ७ बजे झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
घरका मान्छेले झुण्डिएको देख्ने बित्तिकै डोरी काटेका थिए । त्यतिबेलासम्ममा खत्रीको मृत्यु भइसकेको थियो । योसँगै संक्रमितको मृत्यु ८३ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !