रातभरिमा तीन जनाको मृत्यु

नेपालगञ्ज – बाँकेका दुई ठूला अस्पतालमा रातभरीमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले भेरी अस्पतालमा दुई र कोहलपुर मेडिकल कलेजमा एकजनाको मृत्यु भएको बताउनुभयो । फोकलपर्सन वलीका अनुसार, मेडिकल कलेजमा कोहलपुर नगरपालिका वडा नं. १० निवासी ३६ वर्षीया महिलाको मृत्यु भएको छ । बैशाख १० गते कोरोना पुष्टि भएकी महिलाको आज विहान २.३० बजे मृत्यु भयो ।
नेपालगञ्जको भेरीमा खजुरा गाउँपालिका वडा नं. ३ का ४७ वर्षीया महिलाको मृत्यु भएको छ । बैशाख १ गते कोरोना देखिएपछि भेरीमा भर्ना भएकी उनको राती १०.३० बजे मृत्यु भएको थियो ।
भेरीमा नै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १ गते भेरीमा भर्ना भएका उनको राती १०.३० बजे नै मृत्यु भएको फोकलपर्सन वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !