भेरीमा एक सय ६ जना थपिए

नेपालगञ्ज – भेरी अस्पतालको परीक्षणमा एक सय ६ जनालाई कोरोना पुष्टि भएको छ ।
पछिल्लो चौविस घण्टामा एक सय ९० जनालाई जाँच गर्दा एक सय ६ जनालाई कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
केही दिनदेखि जिल्लामा दैनिक ठूलो संख्यामा संक्रमित थपिरहेका छन् ।
यसैबीच, दाङकी महिलाको नेपालगञ्जमा मृत्यु भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, नारायणपुरकी ३७ वर्षीया महिला चैत्र २६ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो । त्यही दिन कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा सारिएको थियो । उनको गएराती १.२७ बजे मृत्यु भएको छ । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका ९४ जनाको मृत्यु भइसकेको छ ।
नेपालगञ्जमा संक्रमितको दैनिक नै मृत्यु भइरहेको छ भने ठूलो संख्यामा थपिने क्रम जारी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !