भारतबाट आएका बाँकेका युवालाई कोरोना

नेपालगञ्ज – भारतबाट आएका बाँकेका युवालाई कोरोना पुष्टि भएको छ ।
गुजरातबाट आएका बैजनाथ गाउँपालिकाका २१ वर्षीय युवालाई कोरोना पुष्टि भएको हो ।
भारतबाट घर फर्किएका नेपालीलाई नेपालगञ्ज नाकामा जाँच गर्ने व्यवस्था मिलाइएको छ । भारतको गुजरात, मुम्बई, दिल्लीलगायत ठाउँबाट आएकालाई विशेष निगरानी गर्ने गरिएको छ ।
भारतमा कोरोना भन्दा पनि खेतीपातीको सिजन शुरु हुन थालेकाले नेपालीहरु घर फर्किरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !