१२ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा बिहीबार १२ जनालाई कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नौ जना नेपालगञ्ज, एक÷एक जना टीकापुर, खजुरा र बैतडीका छन् ।
अस्पतालका अनुसार, पछिल्लो २४ घण्टामा ३५ जनाको परीक्षण गरिएको थियो । बाँकेमा फेरि दैनिकजसो नै कोरोना संक्रमित देखिन थालेको छ । भेरीले जाँच गरेकोमा अहिलेसम्म ५ हजार ५ सय ७५ जनालाई कोरोना पुष्टि भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !