कोरोनाबाट ५५ वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा शान्तिनगर दाङकी ५५ वर्षकी महिलाको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, चैत्र २३ गते अस्पतालमा भर्ना भएकी महिलाको बुधबार दिउँसो मृत्यु भएको हो । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ८९ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !