महासंघ चुनाव : विहानदेखि मतगणना

नेपालगञ्ज – नेपाल पत्रकार महासंघ, बाँके शाखामा २ सय ९६ मत खसेको छ ।
निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार, ३ सय २३ मतदातामा २ सय ९६ मत खसेको छ । २७ जना अनुपस्थित भएका छन् ।
बाँके शाखाको अध्यक्षका लागि डक्टप्रसाद धिताल र दामोदर भण्डारीका बीचमा प्रतिस्पर्धा रहेको छ । उपाध्यक्षमा रेजिना मल्ल र करुणा शाह तथा सकील अहमद कादरी र संगीन शर्माका बीचमा प्रतिस्पर्धा रहेको छ । सचिवमा कमल डाँगी र आकाश देवकोटा, सहसचिवमा भगतराम थारु र हेमन्त चौधरी तथा आलम खान र कृष्णबहादुर ओली, कोषाष्ध्यक्षमा देवेन्द्र पौडेल र विनोद पौडेलका बीचमा प्रतिस्पर्धा रहेको छ ।
प्रमुख निर्वाचन अधिकृत पूर्णलाल चुकेले बिहीबार विहान ८ बजेदेखि जिल्ला समन्वय समितिमा मतगणना हुने जानकारी दिनुभयो । यसपाली जिल्लाका पत्रकारले केन्द्र, प्रदेश र जिल्लाको प्रतिनिधिलाई एकैपटक मतदान गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !