मुम्बईबाट आएका व्यक्तिमा कोरोना

नेपालगञ्ज – भारतको मुम्बईबाट आएका व्यक्तिमा कोरोना देखिएको छ ।
मुम्बईबाट आएका दैलेखका ३४ वर्षीय पुरुषमा कोरोना देखिएको हो । नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।
भारतबाट आएका व्यक्तिलाई नेपालगञ्ज नाकामा जाँच गर्ने गरिन्छ । यो नाकाबाट दैनिक पाँच सय बढी नेपाल फर्किरहेका छन् । नाकामा अहिलेसम्म तीन जनामा कोरोना पुष्टि भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !