होलीको उन्मादले ७५ जना प्रहरी खोरमा

नेपालगञ्ज – होली मनाउने क्रममा विवाद र होहल्ला गरेका ७५ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रण गरेका अधिकांशले मापसे गरेका छन् । नेपालगञ्जको घरबारीटोल, सुर्खेतरोड, रामलिला मैदान, बसपार्कलगायतका ठाउँबाट प्रहरीले विवाद र होहल्ला गर्नेहरुलाई नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरीका अनुसार, पक्राउ गरिएकाहरुलाई जिल्ला प्रहरी कार्याल, खजुराको धनौलीलगायत ठाउँमा राखिएको छ ।
परम्परागत शैलीमा होली मनाउनुका साटो मापसे सेवन गरेर होहल्ला गर्ने र एक आपसमा विवाद, झगडा गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालगञ्जको मुक्तिपुरमा राप्रपाका युवा नेताको टाउकोमा बोत्तल प्रहार भएको छ ।
प्रहरीले पक्राउ परेकाहरुलाई झगडाको अवस्था हेरेर कानूनी प्रक्रिया अघि बढाउने जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !