टिबी रोगकाबारेमा जनचेतना फैलाउन लोकदोहरी

नेपालगञ्ज – टिबी रोगका बारेमा जनचेतना फैलाउन सचेतनामूलक लोकदोहरी कार्यक्रम गरिएको छ ।
बिश्व टिबी रोग दिबसका अबसरमा बीएनएमटी नेपाल र कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखाले लोकदोहरी मार्फत टिबी रोगको लक्षण, पहिचान, उपचार र बिरामीलाई गरिने भेदभावका बारेमा जानकारीमूलक सन्देश दिएको हो । टिबी रोग नियमित रुपमा औषधी खाए पछि निको हुन्छ । तर समुदाय स्तरमा टिबी रोगका बारेमा पर्याप्त जानकारी नहुँदा अझै पनि ५० प्रतिशत टिबी रोगका बिरामीहरु स्वास्थ्य संस्थाहरुको पहुँच भन्दा बाहिर छन् ।
नेपालमा निक्कै लोकप्रिय रहेको लोकदोहोरीका माध्यमबाट टिबी रोगका बारेमा समुदाय तहमा जानकारी पुराउने उद्देश्यले लोकदोहोरी कार्यक्रम राखिएको बीएनएमटी क्षेत्रीय संयोजक गंगाराम बुढाथोकीले बताउनु भयो । बाँके लुम्बिनी प्रदेशमा टिबी रोगका धेरै बिरामी भएको जिल्ला हो । गत बर्ष बाँकेमा ८ सय ३३ टिबीका नयाँ बिरामी फेला परेका थिए ।
बीएनएमटी नेपालले ५० बर्षदेखि नेपालमा टिबी रोगका बारेमा सचेतना अभिबृद्धिका साथै उपचार सेवालाई प्रभावकारी बनाउन बिभिन्न किसिमका सहयोग गर्दै आएको छ ।
बीएनएमटी नेपालले हाल बाँके, बर्दिया, प्यूठान, चितवन, महोत्तरीलगायतका जिल्लाहरुमा यस्तै खाले कार्यक्रम सञ्चालन गरि विश्व क्षयरोग दिवस मनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !