१२ किलो चरेशसहित दुई पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले १२ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

कोहलपुरको चप्परगौडीस्थित न्यू सुदूरपश्चिम बाजुरा स्टाफ होटलको कोठा नम्बर १०१ बाट प्रहरीले १२ किलो चरेशसहित रुद्रबहादुर बुढा र रवि पुन पक्राउ गरेको हो ।

उनीहरुले प्लाष्टिकमा एक÷एक किलोको १२ वटा पोका बनाएका थिए । कपिलबस्तुबाट प्रतिकिलो २७ हजारका दरले चरेश किनेर ल्याएको खुलाएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !