लुम्बिनीको जीतमा लिम्बु बने नायक

नेपालगञ्ज – पछिल्लो दुई खेल लगातार पराजित भएको लुम्बिनी प्रदेशको धम्बोझी क्लवले बागमतिको धादिङ समाजलाई पराजित गरेको छ ।
लुम्बिनीको जीतमा निशान लिम्बु नायक बनेका छन् । बागमतिलाई २–१ गोलले पराजित गर्ने क्रममा लुम्बिनीका लिम्बुले २ मिनेट र ६१ मिनेटमा गोल गरेका थिए । पाँचौ खेल खेल्दै गरेको लुम्बिनीले लिगको शीर्ष चारभित्र पर्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा थियो । पाँच खेलमा तीन खेलेर नौ अंक बनाएको लुम्बिनीको शीर्ष चार भित्र पर्ने संभावना बलियो भएको छ । अब उसले अन्तिम खेल कर्णालीसँग खेल्नेछ । अहिले नेपालगञ्जमा चलिरहेको एन्फा प्रेसिडेन्ट लिगको शीर्ष चार टोलीले शहीद स्मारक ए डिभिजन लिग खेल्ने पाउँने छन् ।
बागमतिको तर्फबाट विजय भुजेलले १६ मिनेटमा गोल गरेका थिए । बागमतिसँग खेलमा लुम्बिनीले शुरुवातदेखि नै आक्रमक खेलेको थियो । लुम्बिनीले केही राम्रा अवसर खेर फाल्दा फराकिलो जीत निकाल्न सकेको थिएन । पाँच खेल खेलेको बागमतिले दुई जीत, एक बराबर र दुई पराजय व्यहोरेको छ ।
खेलमा लुम्बिनीका निशान लिम्बु म्यान अफ द म्याच भए ।
अर्को खेलमा गण्डकी प्रदेशको त्रिवेणी एफसीले १ नम्बर प्रदेशको सैनिक युथ क्लव झापालाई २–० गोलले पराजित गरेको छ । गण्डकीबाट लक्ष्मण रुचालले ६१ मिनेट र विमल रानाले ७८ मिनेटमा गोल गरेका थिए । चौथो खेल खेलेको गण्डकीले तेस्रो जीत निकालेको छ । १ नम्बर प्रदेशको झापाले चार खेल्दा दुईमा पराजय, एकमा जीत र एकमा बराबरी खेलेको छ ।
चार खेलेको खेलेको सुदूरपश्चिम तीन जीत र एक बराबरीका साथ अंक तालिकको शीर्ष स्थानमा रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !