क्रिकेट मैदान चाहियो

नेपालगञ्ज – नेपालगञ्जमा क्रिकेट मैदानका लागि खेलाडी, प्रशिक्षक र पदाधिकारीले आवाज उठाएका छन् ।
फूल्टेक्रामा क्रिकेट मैदान बन्ने भएपछि उत्साहित भएका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरु मुद्दा परेपछि निराश देखिएका छन् । उनीहरुले जसरी पनि त्यहाँ मैदान बन्नु पर्ने आवाज उठाउदै खेल र खेलाडीको जीत हुनुपर्ने बताए ।
नेपाली महिला क्रिकेट टीमकी पहिलो क्याप्टेन नेरी थापाले मैदान नहुँदा बाँकेको क्रिकेट खस्किएको बताउनुभयो । ‘खेलाडीलाई अहिले अभ्यास गर्ने मैदानको अभाव छ, थापाले भन्नुभयो, मैदान नहुँदा प्रतियोगिताहरु धेरै हुन सकेका छैनन् । यसले जिल्लाको क्रिकेट खस्किदो छ ।’
एभरेष्ट प्रिमियर लिग (इपीएल) का प्रवन्ध निर्देशक अमिर अख्तर नेपालगञ्ज आएको मौका पारेर आयोजित कार्यक्रममा क्यानका लुम्बिनी तथा कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, क्यान बाँकेका संस्थापक अध्यक्ष राम टण्डन, प्रशिक्षकद्वय दिपेन्द्रप्रताप सिंह र जमिल अन्सारीले फूल्टेक्रामा क्रिकेट मैदान बनाउनका लागि सबैले दबाब दिनु पर्ने बताउनुभयो ।
इपीएलका प्रवन्ध निर्देशक अख्तरले क्रिकेट खेलाडी उत्पादनका लागि राम्रो खेल मैदानको हुनुपर्ने बताउनुभयो । उहाँले ट्यालेन्ट हन्ट कार्यक्रममार्फत देशभरका लुकेका प्रतिभालाई इपीएलमा जोड्ने काम गरिरहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !