सुदूरपश्चिमको दोस्रो जीत

नेपालगञ्ज – एन्फा प्रेसिडेन्ट लिगमा सुदूरपश्चिमको स्टार सिटी युवा क्लवले दोस्रो जीत निकालेको छ ।
नेपालगञ्ज रंगशालामा भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं. १ को सैनिक फुटबल क्लव, झापालाई २–१ गोलले पराजित गरेको हो ।
खेल शुरु भएको ३८ मिनेटमा सुदूरपश्चिमले पेनाल्टी पाएको थियो । त्यसलाई कुलदीप कार्कीले सजिलै गोलमा परिणत गरे । एक गोलले पछाडी परेपछि काउन्टर अट्याकमा अगाडि बढेको प्रदेश नं. १ ले दुई मिनेटमै गोल फर्काएको थियो । ४० मिनेटमा जीवन गुरुङले गोल गरेर बराबरी गरेका थिए ।
खेल प्रतिस्पर्धात्मक थियो । तुलनात्मक रुपमा सुदूरपश्चिमले गोल गर्ने धेरै अवसर सिर्जना गरेको थियो । खेलका ६६ औं मिनेटमा सुदूरपश्चिमका रुपबहादुर लामाले गोल गरेर टीमलाई जिताए । दुई जीतसँगै सुदूरपश्चिम लिगको शीर्ष स्थानमा पुगेको छ । बुधबारको खेलमा प्रदेश नं. १ का किपर किशोर गिरी म्यान अफ म्याच घोषित भए ।


error: यो सुविधा उपलब्ध छैन !