किशोरीलाई कुटपिट गर्ने युवक पक्राउ

नेपालगञ्ज – नेपालगञ्जकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास नगर्दा नमानेपछि मराणासन्न हुने गरी कुटपिट गरेर फरार रहेका नेपालगञ्जका युवक जुनेद हल्वाईलाई प्रहरीले भारतबाट नियन्त्रणमा लिएको छ ।
माघ १६ गते स्कूलबाट फर्किरहेकी किशोरीलाई हल्वाईले डर धम्की देखाई स्थानीय एक होटलको २ नम्बर कोठामा लगेर जबरजस्ती प्रयास गरेका थिए । किशोरीले प्रतिकार गरेपछि युवकले मराणासन्न हुने गरी कुटपिट गरेका थिए । किशोरीको मृत्यु भएको ठानेर युवक होटलबाट भागेका थिए ।
नेपालगञ्जबाट भागेर भारतमा पुगेका हल्वाईलाई बाँके प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर ल्याएको एसपी ओमबहादुर रानाले जानकारी दिए ।
किशोरीलाई जबरजस्ती प्रयास गरेका र नमानेपछि कुटपिट गरेर फरार रहेका हल्वाईलाई पक्राउ गर्नका लागि नेपालगञ्जमा स्थानीय चर्को दबाब दिएका थिए । लामो समयसम्म स्थानीय त्रिभुवनचोकमा बसेर निरन्तर दबाब दिने काम भइरहेको थियो । बाँके प्रहरीले हल्वाईको खोजबिनका लागि टोली नै परिचालन गरेको थियो ।
बाँके प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर युवकलाई सार्वजनिक गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !