लाग्यो एमालेको बोर्ड
नेपालगञ्ज – अदालतले एमाले र माओवादीलाई अगल गरिदिएपछि नेपालगञ्जस्थित नेकपाको पार्टी कार्यालयमा एमालेको बोर्ड लागेको छ ।
सावितको एमालेको नेपालगञ्जस्थित पार्टी कार्यालयमा राखिएको नेकपाको बोर्ड हटाइएको छ । एमाले कार्यकर्ताहरुले नेकपा एमाले लेखेको बोर्ड राखेका छन् । अदालतले एमाले र माओवादीलाई अलग गरेपछि आइतबार नै साँझ पार्टी कार्यालयमा आएर दीप प्रज्वलन गरेका कार्यकर्ताले सोमबार साइड बोर्ड परिवर्तन गरेका छन् ।
नेताहरु देवराज भार, सूर्य ढकाल, किस्मत कक्षपति, प्रमोद धिताल, दत्तप्रसाद आचार्य, अशोक कर्माचार्यलगायतको टोलीले पार्टी कार्यालयमा पुगेर साइड बोर्ड परिवर्तन गरेका हुन् ।