अनुसन्धानका सिपाही मृत भेटिए

 

नेपालगञ्ज – राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत प्रवीण थापामगर मृत अवस्थामा फेला परेका छन् ।
अनुसन्धानका सिपाही थापामगर लग्दहवास्थित तोरीबारीमा मृत अवस्थामा फेला परेका हुन् । अनुसन्धान स्रोतका अनुसार बिहीबार अपरान्ह सवा पाँच बजेसम्म थापामगर सम्पर्कमा रहेका थिए । उनको शव आज दिउँसो भेटिएको छ ।
मृतकको शरीरमा डामहरु रहेको छ । घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएको छ । बाँके प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !