कोरोनाबाट धम्बोझीकी ८० वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – कोरोनाबाट नेपालगञ्जका ८० वर्षीया महिलाको मृत्यु भएको छ ।
पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी महिलामा कोरोना पुष्टि भएपछि भेरी अस्पताल, नेपालगञ्जमा रिफर गरिएको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीकी महिलाको उपचारको क्रममा गएराती ११.३० बजे मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !