राजापुरको युथ स्टारलाई चार गोल
नेपालगञ्ज – बाँकेको सैनिकमा सञ्चालन भइरहेको प्रथम स्व. श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा राजापुर क्लब, बर्दियाले युथ स्टार एफसीविरुद्ध एकतर्फी जीत निकालेको छ । राजापुरले युथ स्टरलाई ४–० ले पराजित गरेको छ ।
राजापुरले खेल शुरु भएको एक मिनेटमै गोल गर्न सफल भएको थियो । राजापुरका राजु थारुले गोल गरेका थिए । थागु थारुले राजापुरका लागि थप दुई गोल गरे । उनले खेलको ५ औं र ८ औं मिनेटमा गोल गरेका थिए । निलम थारुले खेलको ५३ औं मिनेटमा राजापुरका लागि चौथो गोल गरे ।
शुक्रबार दुई खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा शान्ति स्पोटर््स क्लब र गुर्वाकोट क्लब खुर्सेतले प्रतिस्पर्धा गर्नेछन् ।
दोस्रो खेलमा साहारा एफसी, लखनउ र चन्दनाथ क्लब जुम्लाबीच प्रतिस्पर्धा हुनेछ ।
जय किसान स्पोर्ट्सले अयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् ।
आयोजक जयकिसान स्पोर्टस क्लवका अध्यक्ष दिपुर रानाका अनुसार, नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने छन् ।