बन्ध्याकरण गर्ने महिलामात्रै !

नेपालगञ्ज – बर्दियाको चार वटा स्थानीय तहमा गरिएको बन्ध्याकरण शिविरमा पुरुषको संख्या अति नै कम देखिएको छ ।
राजापुर, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा गरिएको शिविरमा मिनिल्याव गर्नेको संख्या अधिक रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, पुस १६ देखि २९ गतेसम्म सञ्चालन गरिएको शिविरमा भ्यासेक्टोमी गर्ने कम रहेका छन् ।
राजापुर नगरपालिकामा ९९ जनाको बन्ध्याकरण हुँदा दुई जनामात्रै पुरुष परेका छन् । ९७ जना महिला रहेका छन् । गेरुवा गाउँपालिकामा २० जनाको बन्ध्याकरण हुँदा पुरुष एकजना पनि छैनन् । मधुवन नगरपालिकामा ४४ जनामा चार जना पुरुष रहेका छन् । ठाकुरबाबा नगरपालिकामा ५० जनामा एकजनामात्रै पुरुष रहेका छन् ।
महिलालाई भन्दा पुरुषको अप्रेसन गर्न सहज भएपनि पुरुष ‘कमाउने व्यक्ति’ भन्दै अप्रेसन गर्न महिला नै अघि सारेको पाइएको छ । थारु समुदायमा अझ बढी महिलाले मिनिल्याव गर्ने गरेको तथ्यांकहरुले देखाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !